मन्थली सडक पहिरोले अवरुद्ध, यात्रु अलपत्र

रामेछाप

रामेछापको सेलेघाटभन्दा करिब २ किलोमिटर मन्थलीपट्टीको सडक ११ घण्टादेखि अबरुद्ध रहेको छ ।

अविरल वर्षाका कारण यहाँ पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोको बीचमा सवारीसाधन फसेपछि यात्रुहरु त्रसितमा रात बिताएका छन् ।

अगाडि पहिरो पछाडि पहिरो माथिबाट ढुङ्गा खसिरहेका, तल तामाकोसी शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।
काठमाडौंबाट गाउँ जाने क्रममा अध्यक्ष दुलाल पनि परेका हुन् ।

पहिरोले सडक अवरुद्ध भएपनि कुनै मानवीय क्षति भने नभएको अध्यक्ष दुलालले बताए । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

                                                                                       तस्विर: भरत दुलाल

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया