निरन्जनले चिनेन मलाई।
[समस्या र समय अलग-अलग हुँदैन। एकै हो। सामाजिक भौतिक व्यक्तिगत पारिवारिक र आर्थिक नै हुन। समस्या अझै आफ्नो केरियर, हबी र सांसरिक सञ्जालले बाँधेको छ चारैतिर। यसको समाधान चाहान्छ मानिस जसको कारणले ‘उ’ बिमार नभएर नै सिकिस्त हुन्छ र नयाँ जीवन खोज्छ या प्राण गुमाउछ।]
000
दाजुको फोनले -तँ हस्पिटल जा-भन्यो मलाई। म हस्पिटल पुगेँ। भिखारी जस्तै, केहि हराएर खोजे जस्तै हरि बिजोग अवस्थामा मेरो आत्मिय मित्र निरञ्जनलाई देखेँ जसले मलाई चिनेन।
मलाई राम्रो हेरे पछि उता फर्कियो।
मैले- ओई म ! म !! के भ तलाई!!(?)-भनेँ।
उता फर्केको ऊ फेरि यता फर्कियो। हेर्यो। मेरा दुवै हात नाक नजिक लगेर सुँघ्यो। छाँद् हालेर रूयो अनि मलाई अँगालो मार्यो।
म अवाक् भए।
सिप्ला कम्पनीको म्यानेजर मेरो बालसखा निरञ्जन कसरी बेहोस अवस्थामा यति टाढा यो हस्पिटलमा आइपुग्यो! म छक्क परे।
*
सिजीप्रोनीयाको कारण मेन्टल फस्ट स्टेजमा छ – डा.हेलेनले भन्यो।
म अहिले माइन्ड हिलीङ सेन्टरको निर्देशक डा.हेलेन केरकेटाको च्याम्बरमा छु।
यो बिमार होइन। यो साइकोसिस-साइको हो। सोचाइमा विकृति र एकहोरोपन। नेकेटिप डाउन। डर, लाज, दोधार र खुसीयालीको हत्या।
ल्याक् अफ् मोटिभेटन्यूज।
यो स्थितिले अहिले पश्चिमेली मुलुक सिकिस्त छ जसले वर्षमा साढे तीनदेखि चार करोड युवाहरूले आत्महत्या गरिरहेका छन्।
वास्तवमा हामी सँधै चुनौतिको सामना गर्न नाकाम सफल भइरहेका छौँ। दिमाग खजमज छ। आफ्नो समस्या सधै साझा गरिरहन्छौ। निकासप्रति एक सोँच छैन। आफुदेखि आफु रनिङ स्ट्राट लाइनमा छौँ।
*
निरञ्जन साइकाइटिस्टको कस्टडीमा छ।
कोइबेला म पनि मोटिभेटिप गर्छु। उ हेरिरहेको हुन्छ।
सोँच्दो हो त्यसले- कसरी बाँच्न सकेको यसले !