राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट चलचित्रकर्मीहरु पुरस्कृत

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं
??????????????????????????????????

चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुलाई राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ । बोर्डले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित सम्मान समारोह बीच राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विशिष्ट आतिथ्यतामा चलचित्रकर्मीहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि पुरस्कार तथा सम्मानले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको मन्तव्य राखेका थिए ।

कार्यक्रममा चलचित्रकर्मीहरुलाई वि.सं. २०७३, २०७४ र २०७५ सालको गरी तीन वर्षको सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही २५ हजार नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको थियो भने दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७३ बाट पुरस्कृत हुने चलचित्रकर्मीहरुमा मित्रदेव गुरुङ (उत्कृष्ट सम्पादन, जात्रा), शिवराम श्रेष्ठ (उत्कृष्ट छायाङ्कन, लभ सासा), मीनबहादुर भाम (उत्कृष्ट लेखन कथा÷पटकटा÷सम्वाद, कालो पोथी), सृजना सुब्बा (उत्कृष्ट अभिनेत्री, निभ्न लागेको दियो), बिपिन कार्की (उत्कृष्ट अभिनेता, जात्रा), दिपक रौनियार (उत्कृष्ट निर्देशक, सेतो सूर्य), मीनबहादुर भाम (उत्कृष्ट चलचित्र, कालोपोथी) र दिपकराज गिरी (उत्कृष्ट लोकप्रीय चलचित्र, छक्का पञ्जा) रहेका छन् ।

त्यसैगरी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ बाट पुरस्कृत हुने चलचित्रकर्मीहरुमा मित्रदेव गुरुङ (उत्कृष्ट सम्पादन, मंगलम्), पुरुषोत्तम प्रधान (उत्कृष्ट छायाङ्कन, कृ), खगेन्द्र लामिछाने (उत्कृष्ट लेखन, कथा÷पटकथा÷सम्वाद), बेनिशा हमाल (उत्कृष्ट अभिनेत्री, ब्लाइन्ड रक्स), पुष्पबहादुर खड्का (उत्कृष्ट अभिनेता, मंगलम्), मिलन चाम्लिङ राई (उत्कृष्ट निर्देशक, ब्लाइन्ड रक्स), मिलन चाम्लिङ राई (उत्कृष्ट चलचित्र, ब्लाइन्ड रक्स), कुङ्गा शेर्पा (उत्कृष्ट चलचित्र÷आदिवासी जनजाति, विभिन्न मातृभाषी, टिन्छेन फामा (शेर्पा भाष)), मिथिला शर्मा (उल्लेखनीय अभिनय– महिला, मंगलम्) र रमेश रञ्जन झा (उल्लेखनिय अभिनय– पुरुष, शत्रुगते) रहेका छन् ।

यसरी नै राष्ट्रिय चलचित्र पुरस्कार २०७५ बाट पुरस्कृत हुने चलचित्रकर्मीहरुमा दिपेन्द्र लामा (उत्कृष्ट लेखन, कथा), सामिप्यराज तिमिल्सिना (उत्कृष्ट लेखन, पटकथा÷सम्वाद), सञ्जय लामा (उत्कृष्ट छायाङ्कन, समर लभ), निमेश श्रेष्ठ (उत्कृष्ट सम्पादन, साँइली), स्वस्तिमा खड्का (उत्कृष्ट अभिनेत्री, बुलबुल), विपिन कार्की (उत्कृष्ट अभिनेता, प्रसाद), विनोद पौडेल (उत्कृष्ट निर्देशक, बुलबुल), मणिकर्ण केसी (उत्कृष्ट चलचित्र, गोपी), दिपकराज गिरी (चलचित्र व्यापार विस्तार तथा प्रवद्र्धन सम्मान) र प्रितम गुरुङ (उत्कृष्ट चलचित्र÷आदिवासी जनजाति, विभिन्न मातृभाषी, रजे नासाँ (गुरुङ भाषा) रहेका छन् ।

चलचित्र दीर्घ साधना सम्मान २०७३, २०७४ र २०७५ बाट सम्मानित हुनेहरुमा क्रमश: वरिष्ठ चलचित्रकर्मी सुभद्रा अधिकारी, वरिष्ठ चलचित्रकर्मी किशोर रानामगर र वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे रहेका छन् ।

कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई समेत प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया