कलिउड तथा बलिउडमा परिचित बन्दै महिला निर्देशक मिश्र

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

चलचित्रको क्षेत्रमा स्थापित महिला निर्देशकको रुपमा परिचित शोभा मिश्र पछिल्लो समय चलचित्रमा निकै क्षमतावान निर्देशकको रुपमा परिचित रहेकी छिन् ।

सानै उमेरदेखि विद्यालय स्तरीय कार्यक्रमहरुमा आफनो प्रतिभा प्रस्तुत गरेर सबैकी प्रिय बन्न सफल भएकी उनी एक साथ तीन नेपाली तथा हिन्दी चलचित्रको निर्देशनमा होमिएकी छिन् ।

उनी कलाकारिता प्रति अगाढ माया र रहरकै कारण चलचित्रको क्षेत्रमा प्रवेश गरेको बताउछिन् । सडक नाटक, कविता, नाटक लगायतका विधामा आफनो प्रतिभालाई उनले बाल्यकालदेखि नै कोमल हात चलाउदै आएकी छिन् ।

बहु प्रतिभाकी धनी मिश्र आफनो प्रतिभालाई बाहिर ल्याउनको लागि नै चलचित्र क्षेत्रमा होमिएको बताइन् ।
बाल्यकालमा बाल कलाकारको रुपमा  विभिन्न थेटरमा काम गरेकी मिश्र पछिल्लो समयमा भारतको मुम्बईमा बसेर आफनो चलचित्र प्रतिको अनुभवलाई बलिउडका विभिन्न चलचित्रहरुमा उतारिरहेकी छिन् ।

नेपाली सुगम गीतसङ्गीतको निर्देशन साथै भोजपुरी चलचित्रकी पहिलो महिला निर्देशकको रुपमा उनी रङ्गमञ्चमा परिचित भएकी हुन् । उनीद्धारा निर्देशन तथा लेखित रहेको हिन्दी चलचित्र ‘ जिन्दा रहे तो मिलेङगे ‘ छिटै फोलरमा जाने भएको छ  ।

चलचित्रमा विगत १२ वर्षदेखि इण्टेरेएर डिजाइन एण्ड डिकोरेसन ब्यावसाय गदै विभिन्न नेपाली गीतसङ्गीतको फिचरिमा सुपरित हुँदै आएका समिर खानसँगै रोहीनी मिश्र, अमित सिंह परमेर, र महेश शाहको अभिनय रहने निर्माण पक्षले जानकारी दिए ।

निर्देशन मिश्रको लेखन तथा निर्देशन रहेको भोजपुरी चलचित्र ‘ किस्मत मे तु है  हामरा ‘ पोष्ट प्रोडक्सनमा रहेका छन् । त्यस्तै ‘ जिम्दार रहे तु मिलेङगे ‘ दिल्ली तथा पञ्जाममा सुटिङ हुने भएको छ ।

तपाईको प्रतिक्रिया