सतर्कता रहन गृह मन्त्रालयको आग्रह

काठमाडाैं

अविरल बर्षाका कारण देशभर जनजीवन प्रभावित भएका छन् । लगातारको बर्षाले कोशी, नारायणी, बागमती, कमला नदीमा पानीको बहाव बढेको छ । त्यस आसपास क्षेत्रका स्थानीयलाई सतर्कता रहन गृह मन्त्रालयले सुचना जारी गरिएको छ ।

देशभरी जोखिम उच्च भएपछि मन्त्रालयले आपतकालिन सूचना जारी गरेको हो । उद्धारमा खटिन र क्षतिको विवरण बुझ्न स्थानीय युवाहरुलाई समेत अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया