१ करोडको बाँसको मुढा चीन निर्यात

सैलुङअनलाइन संवाददाता
0 Shares
रसुवा

रसुवागढी नाका हुँदै आर्थिक वर्षको एघार महिनामा ४८ हजार ६ सय मुढा चीनतर्फ निर्यात भएको छ । नेपालमा उत्पादित बाँसको मुढाको निर्यातसँगै १ करोड २१ लाख ५० हजार २ सय ५० रूपैयाँ आम्दानी भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले जनाएको छ ।

प्लान्टका अनुसार नेपालको विभिन्न स्थानमा बनाईएको यो मुढा प्रति गोटा २ सय ५० रूपैयाँमा बिक्री भइरहेको छ ।

नेपालकै विभिन्न कारागारमा उत्पादित मुढा संकलन गरी चीनको केरूङ, ल्हासा, सिगात्से लगायतमा निर्यात हुने गरेको छ । क्वारेन्टिनका प्रमुख कुलदिप घिमिरेले आर्थिक बर्ष ०७४÷०७५ मा ३१ लाख २० हजार, ०७३÷०७४ मा १ करोड २० लाख १५ हजार चार सय ५५ को मुढा निर्यात गरेका जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया