अविरल बर्षा : ३० को मृत्यु, १८ घाइते

काठमाडाैं

अविरल वर्षाको कारण शनिबारसम्ममा ३० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी १ सय ३३ जनाको उद्धार गरेका छन् । यसैगरी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १÷१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ ।

खोटाङ ३, इलाम १, झापा १, भोजपुर २, ओखलढुंगा १, सुनसरी १, पर्सा १, बारा १, काभ्रे ३, रामेछाप १, सिन्धुली २, मकवानपुर २, धादिङ २, चितवन १, काठमाडैं ३, ललितपुर ५ गरी ३० जनाको ज्यान गएको हो ।

त्यसैगरी पाँचथर १, झापा १, भोजपुर ३, सुनसरी १, उदयपुर १, पर्सा १, रौतहट १, महोत्तरी १, सिन्धुली ४, धादिङ १, काठमाडौं १ र ललितपुर १ गरी १८ जना वेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खोटाङ १, सुनसरी १, काभ्रे २, रामेछाप १, मकवानपुर ४, धादिङ१, चितवन १ र दोलखा १ गरी १२ जना घाइते भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको छ । साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

सम्बन्धित

मन्थली सडक पहिरोले अवरुद्ध, यात्रु अलपत्र

सतर्कता रहन गृह मन्त्रालयको आग्रह

देशैभर बर्षाको प्रभाव

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका