विदेशमा रहेका कामदारलाई स्वदेश फर्काउन पौरखीको माग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौं

वैदेशिक रोजगारबाट फर्केर आएका कामदारहरुको संस्था पौरखी नेपालले विदेशी भूमिमा अलपत्र परेका कामदारलाई स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।१३१ औ अन्तर्राष्ट्रिय श्रमिक दिवशको उपलक्षमा एक बक्तव्य जारी गर्दै पौरखी नेपालले सो माग गरेको हो ।

विश्वव्यापीमहामारीका रुपमा देखा परेको नोवल कोभीड-१९ नामक कोरोना भाइरसको सामना गर्न बन्दाबन्दीका कारण लाखौं नेपाली कामदार विदेशी भूमिमा रोकिएको दावी गर्दै पौरखी नेपालले उनीहरुको स्वदेश फर्कन पाउने सार्वभौम मानव अधिकार खोसिएको उल्लेख गरेको छ ।

पौरखी नेपालका तर्फबाट निवर्तमान अध्यक्ष मञ्जु गुरुङद्धारा जारी बक्तव्यमा श्रमजीवी कामदार वर्गको जीविका प्रभावित बनेको र अनेकौ विपन्न बालबालिका, ज्येष्ठ नागरिकको गाँस खोसिएका स्मरण गरिएका छन् । ‘नेपाली कामदारहरू यतिबेला विदेशी भूमिमा कोरोना संक्रमणको उच्च जोखिममा परेर पनि मानवोचित उपचार, राहत र मातृभूमिमा फर्कन पाउने सार्वभौम मौलिक मानवअधिकारबाट बन्चित हुन परिरहेका छन् । हजारौं  नेपाली कामदारहरू विदेशको सडकमा अलपत्र परेका छन् । भारतमा कामगर्न गएका कामदारहरू सीमामा रोकिएका छन्,भने आन्तरिक श्रमबजारमाकार्यरत श्रमिकहरू नाजुक जीवन बाँच्न बाध्य भएका छन् ।’

पौरखी नेपालको बक्तव्यमा भनिएको छ-‘ सबैभन्दा बडी जोखिममा नेपाली महिला कामदारहरू भएको कतैबाट छिपेको छैन । खास गरेर महिलालाई वैदेशिक रोजगारमा प्रतिबन्ध लागेका कारण वैकल्पिक माध्यमबाट विदेशी भूमिमा पुगेका महिला कामदारहरू स्वदेश फर्कने अनुमति समेत नपाएर बिजोगको अवस्थामा पुगेका छन् ।’

अन्तर्राष्ट्रिय श्रमिक दिवशका अवसरमा ज्यान र जीवन सङ्कटमा परेका ती श्रमजीवी कामदार वर्गलाई लक्षितगरी शिघ्र विशेष कार्यक्रम घोषणा गरियोस भन्ने माँग पौरखी नेपालले गरेको छ । वैदेशिक रोजगारमा जाने महिला घरेलु कामदार माथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरी नेपाल फर्कन पाउने आधारभूत मानवअधिकारको संरक्षण गन पनि उसले सुझाएको छ ।

पौरखी अगाडि थप्छन् ,’ नेपाल महामारीको सङ्कटबाट प्रभावितकामदारलाई उचितक्षतिपूर्ति, राहत, र रोजगारीका वैकल्पिकमार्ग खोल्न हार्दिक अपिल गर्दछौं ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका