आयूश लामाको सेलो जुहारी युट्युवमा

काठमाडौं

गायक आयूश लामाले ‘ मोबाइल चाइनारी ‘ बोलको तामाङ सेलो जुहारी अडियो गीत सार्वजनिक गरेको छ ।

पर्सा ठोरीका लामाले युट्युवबाट गीत सार्वजनिक गरेको हो । विगत तीन वर्षदेखि सांगीतिक यात्रामा पाइला चालेका गायक लामाको यो दोस्रो प्रयास हो ।

सोही गीतको शब्द रचनाकार स्वयं गायक लामा नै हुन् भने संगीत रमित लामाको रहेको छ । त्यस्तै दिपेश प्रधानको मिक्सिङ र प्रयास दोङको एरेञ्ज रहेको उक्त सेलो जुहारीमा लामालाई चर्चित गायिका जितु लोप्चनले गायनमा साथ दिएकी छिन् ।

लामाको पहिलो प्रस्तुति ‘भेटघाट हाम्रो सञ्जोकले’ दर्शक माझ पस्केका थिए । गायक लामाले अन्य आधा दर्जनभन्दा बढी गीतहरुमा आफ्ना जादुमय आवाज दिइसकेका छन् ।

तामाङ रीतिथितिमा हुने गरेको च्याङ्बा र मैच्याङ बीचको ठट्यौली कुराकानी समाबेश गरिएको उक्त गीतका गायक लामा हाल कोरियामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया