रसुवा पूर्ण खोपयुक्त जिल्ला

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने
0 Shares
रसुवा

रसुवालाई पूर्ण खोपयुक्त सुनिश्चितता जिल्ला घोषणा गरेको छ । १५ महिनासम्मका बालबालिकाहरूले पाउनुपर्ने ११ थरीका खोप लगाई शुक्रबार एक कार्यक्रमबीच घोषणा गरिएको हो ।

पाँचै वटा गाउँपालिकालाई पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरी आगामी दिनमा जन्मिने बालबालिकाहरूलाई कुनै पनि खोपबाट बञ्चित नगर्ने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

सवै वडाहरूमा स्वास्थ्य सेवाको पहुँच पु¥याएर बालवालिकाहरु खोपबाट वञ्चित नगराउने स्वास्थ्य कार्यालयका प्रमुख शिवप्रसाद बडालले बताए ।

खोपयुक्त जिल्ला घोषणासँगै बालबालिकाहरु रोगबाट अकालमै ज्यान गुमाउनुपरेकोबाट समेत मुक्त भएको नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले बताए ।

तपाईको प्रतिक्रिया