चलचित्रकर्मीको परिवारले पाउने भए छुट

काठमाडाैं

चौधरी ग्रुपद्वारा संचालित क्याम्पियन काठमाडौं सेकेण्डरी विद्यालय गहना पोखरीले चलचित्रकर्मीहरु तथा उनीहरुका परिवारलाई कक्षा १२ सम्म अध्ययनका लागि सम्पूर्ण शुल्कहरुमा ३० प्रतिशत छुट दिने भएको छ ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र क्याम्पियन विद्यालयका प्रीन्सिपल खेमराज देवानले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि उक्त छुट पाउने भएको हो । सम्झौता हाललाई २ वर्षको लागी गरिएको छ ।

नेपाली चलचित्रकर्मीहरु सबैले महँगो शुल्क तिरेर आफ्ना बालबच्चालाई पढाउन सक्छन् भन्ने छैन । त्यसैले चलचित्रकर्मीहरुका परिवारहरुलाई शिक्षामा केही सहुलियत होस भन्नका लागि सम्झौता गरिएको समाजका अध्यक्ष श्रेष्ठले बताइन् ।
उनले सम्पूर्ण चलचित्र सघसंस्थाहरुलाई पत्राचार गरी यो सुबिधा लिनका लागि जानकारी गराउने बताउँदै चलचित्र निर्देशकहरुलाई ५० प्रतिशत र एकै परिवारका सदस्यलाई २५ प्रतिशत उपचारमा छुटका लागि स्वास्थ्य संघसंस्थाहरुसँग समेत कुरा भैरहेको श्रेष्ठले जानकारी गराईन् ।

समाजले इत्तिहाद एयरवेजसँग पनि सम्झौता गरेर सम्पूर्ण चलचित्रकर्मीहरुलाई ईन्टरनेरनेशनल फ्लाइटहरुमा २० प्रतिशत छुट दिने गरी सम्झौता गरिएको थियो ।

संचारकर्मी समेत रहेकी समाजकी अध्यक्ष श्रेष्ठले बिगत लामो समयदेखि चलचित्रकर्मीहरुको हकहितमा मात्र काम गर्दै आएकी छैनन् उनी सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका