भीमबहादुर प्रतिष्ठानको जिम्मेवारी बर्मालाई

काठमाडौ

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी महासमिति सदस्य बर्मा लामालाई दिएको छ । लामालाई शुक्रबार प्रतिष्ठानका संस्थापक अध्यक्ष महामन्त्री शशांक कोइरालाले जिम्मेवारी दिएको  हो ।

कार्य व्यस्तताका कारण प्रतिष्ठानमा समय दिन नसकेकाले नियमित कार्य सञ्चालनका लागि नेता लामालाई जिम्मेवारी सुम्पेको संस्थापक अध्यक्ष कोइरालाले बताए ।

प्रतिष्ठानको नेतृत्वको जिम्मा पाएका दोलखा मेलुङ गाउँपालिका-६ का लामाले प्रतिष्ठानलाई भीमबहादुर तामाङको आदर्श र विचारलाई वर्तमान राजनीतिसँग जोड्ने गरी सक्रिय पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२०६९ मंसिर १६ गते हृद्धयघातका कारण निधन भएका पूर्वमन्त्री तथा नेपाली कांँग्रेसका वरिष्ठ नेता भीमबहादुर तामाङको सम्झनामा तत्कालीन पार्टी सभापति स्व: सुशील कोइरालाले शशांकको अध्यक्षतामा प्रतिष्ठान गठन गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया