राहत पाएपछि खुशी भइन् ९४ बर्षीय तिर्थमाया

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
91 Shares
काठमाडाैं

शैलुङ गाउँपालिका वडा नं. २ भुसाफेदा साविक ३ का ९४ बर्षीय तिर्थमाया तामाङ राहत पाएपछि खुशी भएकी छिन् । बुढानिलकण्ठ नगरपालिकास्थित कपन, चुनिखेलमा बस्दै आएकी तामाङले राहत पाएपछि खुशी भएकी हुन् ।

उनी अहिले छोरी जुवाईको बसिरहेका छन् । उनलाई २५ किलो चामल प्रदान गरेका थियो। राहत पाएपछि उनीले भनिन्, ‘बाबुहरुको सहयोगले म अत्यन्त हर्षित भएको छु ।’

अहिलेको यो महामारी के हो ? उनी थाहा नभएको बताउँछिन् । तर, १९९० सालको भुकम्प लगायतका विभिन्न प्राकृतिक प्रकोपहरु भने भोगेको उनीले सुनाइन् ।’

तामाङलाई आर्थिक विभागका संयोजक संगलाल घिसिङले नगद २ हजार पनि प्रदान गरेका छन् ।

शैलुङ गाउँपालिका युवाहरुले कोरोना आपतकालीन राहत कोष तथा व्यवस्थापन समन्वय समिति गठन गरी राहत वितरण गरेका हुन् ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि शैलुङ गाउँपालिकाका काठमाडौंमा रहेका सुत्केरी, विपन्न, असह्यलाई राहत वितरण गर्दै आइरहेका छन् ।

आपतकालीन कोषमा व्यक्तिव्यक्तिको सहयोगमा रकम जम्मा गरी आफ्नो नागरिकलाई आफै बचाऔं, स्थानीय सहयोगी हातहरुको पहिचान र सम्मान गरौ भन्दै अभियान सुरु गरेको संयोजक थिरबहादुर तामाङले बताए ।

अभियानलाई सफल बनाउन आर्थिक विभाग, प्रचारप्रसार विभाग गठन गरी सुरुवात गरिएको संयोजक तामाङले जानकारी दिए ।

अभियानमा निर्माण व्यवसायी विदुर शर्माले ५१ हजार, मिस तामाङ २०१५ की लक्ष्मी तामाङले १० हजार, समाजसेवी दोरोङ्गे लामाले १० हजार सहयोग गरेको छन्, घिसिङले भने, सहयोगी हातहरु आउने क्रम जारी छ ।

गाउँपालिकाको सबै वडामा पुर्याउने अभियानसहित काठमाडौंका कुनाकाप्चामा बसेकाहरुको पहिचान गरी २५ किलो चामल वितरण गरिरहेको प्रचारप्रसार विभागका संयोजक पासाङ तामाङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका