आयुषमान र शिल्पाले गरे आईआईएफीको उद्घाटन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
0 Shares
ललितपुर

इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी(आईआईएफी) को शाखा ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको हो ।
बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी उक्त शाखाको शनिबार एक समारोहबीच अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले उद्घाटन गरे ।

आफू अभिनित फिल्म प्रमोशनकै क्रममा आईआईएफटी स्कुल अफ कलेजको उद्घाटन गर्न पुगेका ‘सानो मन’ जोडी शिल्पा र आयुषमानले बताए ।

उद्घाटन समारोहका ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन, आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठलगायतको उपस्थिति थियो ।

कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशक फुपुतेन्जिङ शेर्पाले बागबजारको सफलतापछि शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार हाल दुई ब्याचमा ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । तीन वर्षाअघि बागबजार प्लाजामा सञ्चालनमा आएको आईआईएफटी स्कुल अफ फेसन ले अहिलेसम्म डेढ सय बढी फेसन डिजाइनर उत्पादन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका