लकडाउन सकिए लगतै नदेखिएको जातको छायांकन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

चलचित्र समाजको ऐना पनि हो । बिगतमा धनि गरिब बीचको अन्तरद्वन्दलाई बढी प्राथमिकता दिएर चलचित्र बन्ने गथ्र्यो । अहिले बिषयवस्तु छनौटमा बिबिधता आएको पाईन्छ ।

एक्सन, द्वन्द, माया प्रेम र हाँस्य पक्षमात्र चलचित्रको सवल पक्ष होईन, चलचित्रले समाजमा के सन्देश दिंदैछ भन्ने कुराले महत्व राख्छ । चलचित्र निर्माणका मानवीय वा प्राविधिक पक्ष जस्तै— निर्माता, निर्देशक, लेखक, पात्र, कथावस्तु, संवाद आदि सबै पक्षमा पुरुष हावी भएको देखिन्छ । यस्तो अवस्थामा महिलाप्रधान चलचित्र निर्माण गर्ने वा महिलाका मुद्दालाई न्यायसंगत ढंगले उठाउँने सवाल गौण बनेको अवस्थामा निर्देशक बेदप्रसाद भुर्तेलले जातिय बिभेदको गहन बिषयमा अन्तरजातिय विबाहले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बिषयवस्तुमा ‘नदेखिएको जात’ निर्माण गर्दैछन् ।

यतिबेला कोराना भाइरसका कारण विश्व आक्रन्त बनेको र लकडाउन खुल्ना साथ ‘नदेखिएको जात’ को छायांकन आरम्भ हुने कुरा निर्देशक भुर्तेलले जानकारी गराएका छन् । उनले चलचित्रमा कार्यकारी निर्माता र कलाकारको रुपमा लिला बहादुर बम्जन, चन्द्र स्याङतान, विशाल थिङ आदि रहने र राजेश गिरी, श्याम कुमार बन, माधब गिरीको ब्यवस्थापन रहने बताए ।

बिगतमा कुर्बान, ईन्काउन्टर, सञ्जोग, फेरी भेटौला, अफिसर, बुलेट आदि चलचित्र निर्देशन गरिसकेका निर्देशक बेदप्रसाद भुर्तेल भन्छन्ः ‘ब्यवसायिक हिसाबले मात्र चलचित्र बनाउँने नभई चलचित्रकर्मीले समाजमा घटित बिबिध घट्नाहरुलाई चलचित्रको माध्येमबाट आम रुपमा सकारात्मक सन्देश प्रबाह गर्न सक्नुपर्छ, अनिमात्र उसको कार्य सार्थक बन्न सक्छ । यसो भनिरहँदा आर्थिक पक्ष बलियो बनाउँन त ब्यवसायिक चलचित्र पनि बनाउँनु पर्ने हुन्छ ।

समाजभित्र लुकेर रहेका साना, ठूला घट्नालाई अध्यायन गरि नाफामूलक चलचित्र पनि बनाउँन सकिन्छ । तर, जुनसुकै बिषय उठान गरिएको भएपनि सन्देशमुलक चाँही हुनै पर्छ ।’

तपाईको प्रतिक्रिया