वर्षाले धनकुटाको जनजीवन अस्तव्यस्त, विद्यालय बन्द, वडाध्यक्षको घर पुर्यो

मालती मोक्तान संवाददाताा
0 Shares
धनकुटा

लगातारको वर्षाका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालय, घर र विभिन्न ग्रामीण सडकहरुमा क्षति पुगेका छन् । धनकुटाको सहिदभूमि गाउँपालिका- ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किँदा पठनपाठन अवरुद्ध भएको प्रधानाध्यापक लोकेन्द्र तेले राईले जानकारी दिए । विद्यालयका अन्य कक्षाकोठाको भित्ता पनि चर्केका कारण केही दिनको लागि बन्द गरिएको राईले बताए ।

त्यसैगरी शनिबार धनकुटा नगरपालिका-१ पात्लेका डिल्लिराम तामाङको घर नजिकै पहिरो खसेको छ । सो पहिरोले तामाङको घर जोखिममा परेको स्थानीय लाखमान घिसिङले जानकारी दिए । त्यस्तै सोही नगरपालिका वडा नं. ७ चुलिवनस्थित टिकालक्ष्मी रम्तेलको १ तले पक्की घर पहिरो कारण जोखिममा परेको छ ।

त्यसैगरी उता पाख्रीवास नगरपालिका वडा नं. ५ लेकाली टोलमा युवराज कार्कीको घर माथिबाट आएको पहिरोले पुरेको वडासचिव श्याम देउजाले बताए । सोही नगर वडा नं. ५ का वडाध्यक्ष गोपालराज थापाको वन्दै गरेको घर पनि पहिरोले पुरेको देउजाले बताए ।

यस्तै लगातारको वर्षाले धनकुटा जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडक पहिरो आएपछि अवरुद्ध भएका छन । मुलघाट-त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा-लेगुवा सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए । सिधुवा-लेगुवा सडकमा पर्ने माङमाया खोलामा आएको बाढीले सडकमा लगाएको पुल बगाएपछि सडक अवरुद्ध भएको एसपी कोइरालाले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया