बिगत केहि समयदेखि जापानमा बस्दै आइरहेका सञ्जय तामाङ (मेन्दोला) ले गैर आवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति तोकाई,नागोयाको उप – संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । तामाङ समाज नागोया जापानका अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ जापान तोकाई क्षेत्रीय समितिको सचिब समेत रहेका तामाङले आगामी २०१९-२०२१ को कार्यकालको लागि उम्मेदवारी दिने बताए ।
जापानको नागोया शहरमा बस्दै आएका तामाङ विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसर छन् । उनकै कार्यकालमा तामाङ समाज नागोयाले प्रत्येक बर्ष तामाङहरुको मुख्य चाड ल्होसार र डम्फु साझ लगायत अन्य विभिन्न कार्यक्रमहरु सफलताको साथ आयोजना गरिसकेका छन् ।
तामाङ समाज जापान नागोया र नेपाल आदिवासी जनजाती महासंघ जापान तोकाई क्षेत्रीय समितिको कार्यकालमा रहेर आफ्नो उत्कृष्टता प्रदर्शन गरिसकेका तामाङले आफ्नो यहि क्रमलाई निरन्तरता र एनआरएनएलाई अझ व्यापक र जिम्मेवारपूर्ण बनाउन सन् २०१७–२०१९ का लागि उम्मेद्वारी दिने निर्णय गरेका तामाङले बताए । तामाङले आफ्नो कार्य र क्षमताको मूल्यांकन गर्दै नेपाली आप्रावासी समुदायको साथ र सहयोगले आफु गैर आवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति तोकाई,नागोयाको उप – संयोजक बन्नेमा ढुक्क छन् ।
एनआरएन जापान नागोयाले आगामी दिनमा नेपाल र नेपालीहरुको हितमा अझ पृथक र गम्भीर रुपले कार्य गराउन आफ्नो उम्मेदवारी रहेको र यसै विषयमा भरोसा र विश्वस्त पार्न चाहेको कुरा पनि तामाङले हाम्रा संवाददातालाई बताए । नेपाली समुदायको साथ र सहयोगबाट मात्र आफ्नो उम्मेद्वारीले सार्थकता पाउने हुदा तामाङले जापानमा भएका नेपालीहरुमाझ भोटको अपिल समेत गरेका छन् ।
एनआरएनए जापान क्षेत्रीय समिति तोकाई,नागोयाको अधिबेशन यहि जुलाई २७ तारिख नागोयाको नाकाकु स्थित हलमा सम्पन्न हुदै छ ।