आमाछोदिङमो गाउँपालिकामा निर्माणाधिन साङजेन खोला जलविद्युत् आयोजनाका लागि तीन बैकले लगानी गर्ने भएको छ ।
आयोजनाका अनुसार ईन्भेष्टमेन्ट, कुमारी र सिटिजनले लगानीको लागि शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेको हो । आयोजनाको निर्माण कम्पनी सालासुङ्गि पावर लिमिटेडले गर्नेछ ।
आयोजनामा रनअफ दि रिभरमा आधारित रहि निर्माण हुने बताइएको छ । आयोजनामा ९२ प्रतिशत ईक्विटी चाईना हार्वर ईन्जिनियरिङ कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरूको रहने बताईएको छ ।
डिजाईन डिस्चार्ज ९.१० क्युमेकप्नती सेकेन्ड रहने र नेट हेट करिब १० हजार मिटर रहने र कुल लागत १३.२ अर्व रहने आयोजनाले बताइएको छ ।