डिसेम्बरमा जोनको ‘एट्याक’

बलिवुड

बलिवुडका एक्सन हिरो जोन अब्राहमले नयाँ एक्सन सिनेमाको तयारी सुरू गरेका छन्। हाल आफ्नो आगामी रिलिज ‘बाटला हाउस’का कारण चर्चाकाबीच उनले यसको सुरुवात गरेका हुन् ।

उनको सो सिनेमाको नाम पनि जुरीसकेको छ। सो सिनेमाको नाम ‘एट्याक’ राखिएको छ। यस एक्सन थ्रिलर सिनेमालाई जोन आफैले निर्माण गर्नेछन्।

सिनेमा एक सत्य घटनामा आधारित हुने भारतीय सञ्चार माध्यम टाइम्स अफ ईण्डियाले बताएको छ ।

‘हामी पहिला कन्टेन्टमा विश्वास गर्छौं। हाम्रो प्रयास यस्ता सिनेमा निर्माणमा छ जसले मनोरञ्जनका साथमा दर्शकलाई केहि महत्वपुर्ण कुरा पनि देखाओस्’ जोनले भने।

सिनेमा यसै वर्षको डिसेम्बरमा रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया