लगातार बर्षाका कारण कोशी व्यारेज नै खतरामा परेको छ । पानीको बहाव बढेपछि व्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
पानी पर्ने क्रम नरोकिएको र डुबान पर्न थालेपछि स्थानीयको दबाबमा सबै ढोका खोलिएको हो ।अहिले व्यारेजमा पानीको बहाव ३ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।
व्यारेजका ढोका नखोले पुल नै जोखिममा पर्ने भएकाले भारतीय समन्वयमा सबै ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ ।