बाढी पीडितको उद्दारमा सक्रिय डिएसपी रावल

आलोक यादव संम्वाददाता
0 Shares
सिरहा

लगातारको वर्षाले लाहान नगरपालिका क्षेत्रमा रहेका खोलाहरुमा बाढी आए पछि बस्तीहरुमा ठूलो क्षती पु¥याएको छ । खोलामा बाढी बढेसँगै स्थानीय मुसहर बस्ती डुबानमा परेको छ ।

मुसहर बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरी बल लहानका प्रमुख डिएसपी प्रेमबहादुर रावल बाढी प्रभावित स्थानीयहरुको उद्दारमा सक्रिया देखिए ।

डिसपी रावल बिहानैदेखि बाढी प्रभावीत क्षेत्रको अवलोकन गर्दै तत्काल उद्दारका लागि अपनाउन सकिने उपायहरु बारे स्थानीयहरुसँग छलफल गर्दै उद्दारमा लागेका थिए ।

बिपत्तिमा परेका बेला आफ्नो दुःखमा सामेल डिएसपी रावललाई देख्दा स्थानीयहरुले निकै राहत महसुस गरेको स्थानीय सुरेश खतबे, अनिल खतबे, सरोज पासवान, सुनिता सदाय र सुनिता खतबेले बताए ।

तर, बिपत्तिमा परेको बेला आफैंले भोट दिएर निर्वाचित जनप्रतिनिधीहरु नदेख्दा भने स्थानीयहरु आक्रोशित देखिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया