भियतनामीले अमेरिकालाई
धुलो चटाइ दियो
हेर-हेर भारतले आफ्नै
छवि विश्वसामु घटाइ दियो
स्वाभिमानी शिर झुकाउन
खोज्दैछ सीमाना छेकेर
आजभोलि दिल्लीलाई
रातमा निन्द्रा छैन
नेपालीको एकता देखेर
घरमा ग्याँस छैन
तैपनि केही चिन्ता छैन
कदम अघि वढी सक्यो
त्यसमा कुनै हीनता छैन
तिमी छेक्दै गर सीमाना
यता हामी देश बनाउँछौ
तिमी झोस्दै गर आगो
त्यही भागोकै रापले
यो देशलाई अन्तरिक्ष लैजाने रकेट उडाउँछौ
तिमीले नाकाबन्दी गर्दा
यता हामीलाई हलचल गराउँछ
यदि हामीले कोशीको नहर खोल्यौ भने
तिम्रो सिङ्गो देश एउटै कोशीले जलथल बनाँउछ
त्यस्ता कोशी हामीसित हजार छ
फेरी पनि खुलादिल र आत्मीय विचार छ
कर्णालीको पानी जस्तै साङलो–साङलो मन छ,
केवल तिम्रै नियतमा खराब छ
निहुँ धेरै नखोज आफैमा तिमी धराप छ
अहाँ मलाई एकरति
डर छैन ! किनकि………..
तिम्रै मालिक सित लडेकै हो
नुन खाएर लडेको त्यो लडाई
साँच्चै नेपालीले जितेकै हो
अग्रेंजले पानी छेक्दा
नझुकेको यो शिर
अहिले उसले तेल छेक्दा
कहाँ झुक्छ र ?
सुतेको बाघलाई
नजिस्क्याए भलो हुन्थ्यो
अब जिस्क्याइ हाल्यो
राष्ट्रियताको यो आन्दोलन
गन्तव्यमा नपुगी कहाँ रुक्छ र ?
रगतले बनाएको देश हो यो
रगतले नै जोगाउने छ
अब त नेपालीले बुझिसके
यो देशमाथि गिद्धे
नजर राख्नेलाई
पक्कै ! धुलो चटाउने छ
-रचनाकाल : २०७२/०६/१४ गते नाकाबन्दीमा