बिहीबारदेखिको लगातारको बर्षाले आइतबार विहानसम्ममा ४८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय, काठमाडौंले दिएको जानकारी अनुसार बाढी पहिरो र डुवानमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ ।
विवरण अनुसार २५ जना घाइते र ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म १ हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।
उपत्यकाको काठमाडौँमा ३ र ललितपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश १ अन्तर्गत भोजपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २, सुनसरी, उदयपुर, इलाममा १/१ जनाको ज्यान गएको छ ।
प्रदेश २ अन्तर्गत धनुषा र बारामा २/२ तथा पर्सा, रौतहट, सिरहामा १/१ गरी ७ जनाको मृत्यु भएको छ ।
प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा ३/३, सिन्धुली र धादिङमा २र२ र रामेछाप र चितवनमा १/१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै प्रदेश ५ को पाल्पा र दाङमा ११ र प्रदेश ६ को डोल्पामा २ जनाको मृत्यु भएको छ।

बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा १/१ जना, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा १/१ तथा मोरङ र इलाममा ३/३ जना छन्। प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा १/१ जना बेपत्ता छन्। प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एक जना बेपत्ता छन् ।
यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घाइते हुनेमा उपत्यकामा ५, प्रदेश १ मा ८, प्रदेश ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ ।