लुम्बिनी विकास बैंकद्वारा चार लाख रुपैयाँको राहत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
चिप्लेढुङ्गा

पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु चार लाख बराबरको राहत वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ १ लाख ५० हजार रुपैयाँ र वडा नं १७ मा २ लाख रुपैयाँको राहत वितरण गरिसकेको छ ।

वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे ।

बैंकका सञ्चालक सिग्देलले पोखरा महानगर९कास्की०बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए । देशका सातै प्रदेशका ६८ शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया