सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री डा. खतिवडाले चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन गरेका हुन् । बजेट भाषण गर्दै डा. खतिवडाले स्रोत व्यवस्थापनतर्फ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको बताए । बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउनेछ, उनले भने ।