ओपो एफ ११ ज्वेलरी ह्वाइट सार्वजनिक

काठमाडाैं

ओपोले आज आइतबारबाट एफ ११ लाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’ मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो ।

“हामी वैश्विक ब्राण्ड हाैं, त्यसैले ओपोमा उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि सँधै महत्वको विषय हो । उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथम प्राथमिकता हो । रंगले कुनै न कुनै तवरमा मानिसको ब्यक्तिवको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ ।” नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ११का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।”

सार्वजनिक भएसँगै एफ ११ सिरिजका स्मार्टफोनलाई नेपाली बजारमा कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा सामाहित विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुका लागि निकै माया प्रदान गरिएको छ ।
एफ११ सिरिजको कम्पनीले ३५ हजार ४ सय ९० मुल्य निर्धारण गरेको छ ।

फोनमा उपभोक्तालाई सहज तथा त्रुती रहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर-ड्रप स्क्रिन जडान गरिएको छ । यस सिरिजले समग्र एफ सिरिजलाई नै नयाँ उचाई प्रदान गरेको छ । नयाँ सिरिजले मोबाइल फोन्सका साथै ओपोलाई समेत “सेल्फी एक्स्पर्ट”बाट ब्रिलियन्ट “पोट्रेट ईन लो लाइट”का रुपमा स्तरोन्नति गरिदिएको मानिन्छ ।

तपाईको प्रतिक्रिया