मानसरोवरको लागि हेलिकप्टर सुविधा


मानसरोवर आवतजावत गर्न सहजताका लागि रसुवागढीस्थित घट्टेखोलाबाट दुई वटा हेलिकप्टर कम्पनीले सेवा सुचारु गरेको छ । सिम्रिक र कैलाश एयरले शनिबारदेखि सेवा थालनी गरेको हो ।

अध्यागमन कार्यालय रसुवागढीको अनुसार मौसम सुरू भएदेखि दैनिक ६० देखि ७० जनाको हाराहारीमा तिर्थयात्रीहरु मानसरोवर जाने गरेको छ । यात्रुहरूको सुविधाको लागि हेलिकप्टर सुचारू भएको अध्यागमनले जानकारी दिए ।

मेदेखि सेप्टेम्बरसम्म भारत, अमेरिका, वेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र रूसका नागरिकहरू यो नाका अपनाएर मानसरोवर जाने गरेका छन् । यो नाका अपनाउँदा शुल्क नपर्ने र भिसा एक्सटेन्सन गरेबापत ३ डलर र जरिवाना ३० डलर लाग्ने बताईएको छ ।

पशुपतिनाथ पछिको कैलाश मानसरोवर पवित्र तिर्थस्थल मानिन्छ । समुन्द्री सतहवाट करिव ६ हजार ५ सय मिटर उचाईमा रहेको मानसरोवर रसुवागढीबाट करिव ६ सय किमि टाढा छ ।

तपाईको प्रतिक्रिया