एनआरएन साउदीले मनाए वार्षिकोत्सब

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, जेद्दा

गैर आवासीय नेपाली संघ (एनआरएन) साउदीले आफ्नो १२ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

संघले जेद्दास्थित अलहयात जेद्दा कन्टिनेन्टल होटेलमा शुक्रबार वार्षिकोत्सब मनाइएको हो ।

एनआरएन साउदीका उपाध्यक्ष ध्रुब रिजालको कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी महासचिव तेजबहादुर थापालेवार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन भने सदस्य रोशन श्रेष्ठले प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक महाबाणिज्यदूत रेवतीरमण पौडेलले शुभकामना मन्तव्यका क्रममा साउदी एनआरएले आफ्ना उपस्थितिलाई बाक्लो बनाउनु पर्ने बताए । उनले थपे- यस्तो आर्थिक कोषको स्थापना गरोस जुन कोषको उद्देश्य बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिक नेपालीहरुका बालबालिकाहरुलाई आवासीय विद्यालयमा छात्रवृत्तिमा पठनपाठन गर्न सकोस् । साथै नेपाल सरकारले भर्खरै ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा नेपालका श्रमिकहरुलाई मात्र नभएर बैदेशिक रोजगारीमा आउने नेपालीहरुलाई पनि समावेश गराउन एनआरएनले सरकारसँग पहल गर्नुपर्छ, पौडेलले भने ।

समारोहमा विशिष्ट अतिथि बाणिज्यदूत मनहरी दंगालले शुभकामना दिदै एनआरएनको सहकार्यमा महावाणिज्य दुताबासले विभिन्न चेतना मुलुक कार्यहरू गर्न पाएकोमा धन्यवाद दिए । उनले आगामी दिनमा समेत एनआरएन साउदीसँग श्रमिकहरुको हितका लागि गर्ने कार्यक्रमहरुका लागि सहकार्य गरिरहने बताए ।

कार्यक्रममा एनआरएनका मानार्थ सदस्य राजु सैयद, आइसीसी सदस्य, वैदेशिक रोजगार तथा आप्रवासी नेपाली कामदार कल्याण समितिका मध्यपूर्व सह-संयोजक जोन अर्याल, आइसीसी सदस्य धरम केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति एनआरएन साउदीका अध्यक्ष नारायण पासवानले एनआरएन सधैं श्रमिकहरुका हकहितमा समर्पित एक सामाजिक संस्था भएको बताए । उनले थपे- बैदेशिक रोजगारीको क्रममा विभिन्न कारण पीडित हुन पुगेका नेपालीहरुलाई साउदीका जुनसुकै ठाउँमा भएपनि सहयोग उपलब्ध गराउन सक्षम छौ ।

समारोहमा जिजान क्षेत्रीय समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जेद्दा क्षेत्रीय समितिका कार्यबाहक अध्यक्ष राज कुमार गिरी, तमु धि जेद्दाका अध्यक्ष वेद कुमार गुरुङ, नेपाल तामाङ घेदुङका अध्यक्ष दिल बहादुर थिङ, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, जेद्दा समन्वय समितिका संयोजक पूर्ण बहादुर कार्की, किराँत यायोक्खा जेद्दाकी सचिव गुराँस राई, हेल्प मधेशी साउदीका सचिव मुनिर रैन, नेपाली युवा क्लबका अध्यक्ष कृष्ण भट्टराई, संरक्षक दुर्गा बिक,वित्तीय संस्थाका प्रतिनिधि सैलेन्द्र चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थितिरहेका थिए ।

कार्यक्रममा बाणिज्यदूत मनहरी दंगाललाई एनआरएनएले बिदाइ गरेका थिए । बाणिज्यददूत दंगाल चार वर्षको कार्यकाल समाप्त गरेर केही दिनपछि नेपाल प्रस्थान गर्दैछन् । दंगाललाई सभापति र प्रमुख अतिथिले दोसल्ला ओढाई प्रशंशा पत्र हस्तान्तरण गरेका थिए ।

वार्षिकोत्सबमा स्थानीय कलाकारहरू गुराँस राई, खिम गुरुङ, बिनोद न्यौपाने, रबिन शर्मा, प्रमिला जीसी, फतिमा खान, रमेश श्रेष्ठ, दिनेश श्रेष्ठ, रुपम यादव लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया