नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार १० गते भरतपुरको नगरसभामा प्रस्तुत गरिएको अभिव्यक्तिप्रति जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएका छन्।
आइतबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल समक्ष सामुदायिक एकिकृत विकास केन्द्रकी अध्यक्ष तारा तामाङको नेतृत्वमा विविध संघसंस्थामा रहेका महिला प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
१ सय ४ जनाको हस्ताक्षरित ज्ञापन पत्रमा– ‘राष्ट्रको सम्मानित ओहोदामा रही सकेको व्यक्तिले यस्ता अभिव्यक्ति दिँदा सिंगो नेपाली महिलाहरुको घोर अपमान भएको छ । सामाजिक विकृति, विसंगति, कुप्रथा तथा अपराधको निर्मूल गर्दै सभ्य र समृद्ध समाज निर्माण गर्नुपर्ने व्यक्तिले समाजको महत्वपूर्ण हिस्सा ओगटेको महिला विशेष (तामाङ) समुदायमाथि अपमानजनक अभिव्यक्ति दिनु अशोभनीय र पदीय मर्यादा विपरित हो ।’
विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपाल सरकारसँग ध्यानाकर्षण गराउदै सामाजिक न्यायका लागि माग गर्दै अभिव्यक्ति गर्ने गराउने व्यक्तिलाई कारबाहीको मागसमेत गर्दछौं । नेपालको संविधान २०७२ को धारा ३ ले प्रत्येक नागरिक सम्मानजनक बाँच्न पाउने अधिकार प्राप्त गरेको छ ।’
यसविरुद्ध तामाङ समुदायका संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, अगुवा, लेखक, अभियन्ता लगायतले आपत्ति जनाइरहेका छन् ।