जर्मनमा उपचारका क्रममा निधन भएकी मिङ्माडोमा शेर्पाको शव पठाउन आर्थिक सहयोग जुट्ने क्रम सुरु भएको छ ।
एनआरएन जर्मनका अध्यक्ष विजय मोक्तानले शेर्पाको शव नेपाल पठाउन अपिल गरेका थिए । आफूले अपिल गरेसँगै शेर्पा समाज युरोपले ५ हजार ८ सय सहयोग गरेको मोक्तानले जानकारी दिए ।
अध्यक्ष मोक्तानका अनुसार समाजले एनआरएन जर्मनसँगको समन्वयमा शव नेपाल पठाउने कम्पनीलाई समाजले रकम सिधै बैंकमा उपलब्ध गराएका हुन् । एनआरएन जर्मनले आपतकालीन कोष खोलेर जम्मा गरिएको आर्थिक सहयोग भने जुलाई १४ तारिखमा मृतककी परिवारलाई हस्तान्तरण गर्ने अध्यक्ष मोक्तान बताउँछन् । सम्पूर्ण सहयोग दाताहरुको नामसहित एनआरएन जर्मनले जुलाई १७ तारिखमा प्रकाशित गर्ने अध्यक्ष मोक्तानले जानकारी दिए ।
जुलाई ६ मा मृत्यु भएकी शेर्पा डेढ वर्षदेखि बोनम्यारोको उपचार गर्न जर्मनको बेर्लिनस्थित अस्पतालमा पुगेकी थिइन् । मृतक शेर्पा साईप्रसमा घरेलु काममा कार्यरत थिइन् । उनलाई साहुले जर्मन उपचारका लागि पुर्याए पनि बचाउन नसकोमा दुख व्यक्त गरे ।
मृतक शेर्पा साईप्रस शेर्पा किदुगकी सदस्य हुन् । उनी दोलखा तामाकोसी गाउँपालिका-७, हावाकी हुन् ।