कोरोनाले तेस्रो व्यक्तिको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कोरोना पोजिटिभ देखिएका गुल्मीको मदाने गाउँपालिका-  १ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएका थिए।

कोरोना संक्रमणले नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । कोभिड- १९ देखिएका गुल्मी मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जेठ १ गते उपचारका लागि भर्ना भएका उनको बुधबार विहान मृत्यु भएको प्रदेश- ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।

संक्रमितको पारिवारिक स्रोतले समेत उनको मृत्यु भएको पुष्टि गरेका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ देखिएको हो। फोक्सोमा समस्या भएपछि उनलाई कृतिम श्वावप्रश्वास दिएर राखिएको थियो।

यस अगाडि बाँके र सिन्धुपाल्चोकमा एकरएक जनाको कोरोनाको कारण मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया