भानु जयन्तीमा कविता वाचन प्रतियोगिता सम्पन्न

दुवै समूहमा मोक्षदा स्कुल प्रथम

काठमाडाैं

२०६ औँ भानुजयन्तीका अवसरमा कुमारीगालमा प्रोग्रेसिभ एजुकेसनल फोरम(पिइएफ)को सदस्य स्कुल महान् सिद्धार्थ हाईस्कुलद्वारा विद्यालयस्तरीय छन्द कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । भानुभक्तीय कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुल प्रथम भएको छ । प्रतियोगितामा मोक्षदा छात्र तथा छात्रा दुवै समूहमा प्रथम भएको हो ।

उक्त प्रतियोगितामा छात्रातर्फ मोक्षदा स्कुलकी तारा लामा प्रथम, अनमोल ज्योति स्कुलकी स्वस्तिका थपलिया द्वितीय, निमोनिक मोडर्न एकेडेमीकी एन्जल सिलवाल तृतीय र लभ्ली एन्जल्स स्कुलकी अपेक्षा शर्मा चौथो स्थान हासिल गर्न सफल भएका थिए ।

त्यसैगरी, छात्रतर्फ मोक्षदा स्कुलका अनुज खड्का प्रथम, न्यु सनसाइन इंग्लिस स्कुलका युकेस रावल द्वितीय, दुर्गा भवानी एकेडेमीका विनोद खैर तृतीय र लभ्ली एन्जल्स स्कुलका प्रभात सेढाईं चौथो भएका थिए ।

विजयी प्रतियोगीलाई प्रमुख अतिथि प्राज्ञ शशी लुमुम्बूले ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लुमुम्बु, पिइएफ अध्यक्ष विष्णुप्रसाद पोखरेल, कवि सीता भट्टराई, निर्णायकद्वय बलराम दाहाल र साहित्यकार सरोज घिमिरे, महान सिद्धार्थ हाईस्कुलका प्राचार्य बाबुराम केसीलगायतले नेपाली भाषाको सांस्कृतिक एकीकरण र विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको भन्दै चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका