धनकुटामा कोरोना संक्रमित संख्या ७ पुग्यो, देशभर ४ सय ३४ संक्रमित

मालती मोक्तान संवाददाता
धनकुटा

धनकुटामा कोरोना संक्रमित संख्या ७ पुगेको छ । बुधबार थप एक जना ३४ वर्षीय सुरक्षाकर्मीमा पुष्टि भएसँगै सात जना पुगेको हो ।

दुई महिला सहित ५ पुरुषमा कोरोना संक्रमण देखिएको हो । जसमध्ये दुई सुरक्षकर्मी, चार जना स्वास्थ्यकर्मी रहेका छन भने एक स्वास्थ्यकर्मीकोे परिवारका सदस्य रहेको छ ।

धनकुटा अस्पतालमा कर्मचारी, स्वास्थ्यकर्मी, कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

पहिलो ६५ जनाको परीक्षणबाट ५ जना भेटिएका थिए भने आजै १८ जनाबाट एक जनाको कोरोना पोजेटिभ आएको अस्पतालका सुपरिटेन्डेट डा. पुजन विश्कर्माले जानकारी दिए । उनलाई अस्पतालको आइसोलेसनमा राखेको डा. विश्वकर्माले बताए ।


कोरोना संक्रमितहरु सबैको अवस्था समान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

यसैगरूी झापामा ५ जना  र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

यो पनि

तपाईको प्रतिक्रिया