नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालले जारी गरेको नयाँ नक्साबारे भारतद्वारा अस्वीकार गरेको छ ।

विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन् । यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको बताएका छन्।

‘भूभागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार गर्नेछैन’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं।’

तपाईको प्रतिक्रिया