नेपालमा कोरोना संक्रमित ४४४ पुग्यो, ३ जनाको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ संक्रमित झापा कचनकवल गाउँपालिका–३, ६ र ८ निवासी रहेको जानकारी दिए ।

संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका १५ पुरुष, धनुकटाका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुष रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

नेपालमा संक्रमितको कुल संख्या ४ सय ४४ पुगेको छ । जसमध्ये ४५ जना निको भएका छन् ।

यसैगरी रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया