एनआरएनद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज एक समारोह वीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

बिहीबार सुरक्षा सम्बन्धी उपकरणहरु केएन नाइन्टी फाइव मास्क १२ हजार थान, शु–कभर २ हजार थान, चश्मा २ हजार थान र आइआर थर्मामिटर १९० थान प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया