सांसद राईद्वारा स्वास्थ्य सामग्री सहयोग

मालती मोक्तान संवाददाता
धनकुटा

धनकुटामा कोभिड– १९ को संक्रमण बढ्न थालेपछि संघीय सांसद एवं नेकपा धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्र राईले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार उनले जिल्ला अस्पताल धनकुटालाई साढे ६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

उपलब्ध सामानहरु भिटिएम प्याकिङ मेटेरियल ५ सय सेट, गाउन ५० थान, फेस सिल्ड १० पिस, एन ९५ माक्स एक सय थान, क्याप सर्जिकल २ सय थान, पन्जा २ सय जोर, चस्मा सेफ्टी ४० थान, सुकभर ५० जोर र डिजिटल थर्मोमिटर १० पिस रहेका छन् ।

धनकुटामा कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालमा स्वास्थ्य सामग्री लगायत औषधीजन्य पदार्थको अभाव हुन नदिन सहयोग गरेको सांसद राई बताए । उनले कोरोना संक्रमणलाई रोकथाम व्यवस्थित उपचार तथा परीक्षणको दायरा बढाउन समेत अनुरोध गरे ।

तपाईको प्रतिक्रिया