कोरोना भाइरस: साउदीमा थप ६९० जना नेपाली संक्रमित

कोरोनाबाट ७ नेपालीको मृत्यु, कुल संक्रमित १३ सय नाघ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

विश्वव्यापी महामारीका रुपमा फैलिएका कोरोना भाइरस (कोभीड-१९)बाट साउदी अरेबियामा थप ६९० जना नेपालीहरू संक्रमित भएका छन् ।

साउदीका स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयबाट प्राप्त जानकारीका अनुसार १७ जना महिलासहित ६९० जना संक्रमित भएको नेपाली दूतावासले पुष्टि गरेको हो । दूतावासका अनुसार कोरोनाबाट हालसम्म ७ नेपालीले ज्यान गुमाएका छन्, भने साउदीमा कुल नेपाली संक्रमितको संख्या १ हजार ३६४ पुगेका छन् ।

पछिल्लोपटक साउदीले देशका विभिन्न ठाउँमा कोरोना चेकजाँच गरेसँगै नेपालीहरुको संख्या बढेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनका अनुसार मे १२ तारिखसम्म ६७४ जना नेपालीहरुमा कोरोना संक्रमित भएका र २ जनाले ज्यान गुमाएका थिए ।

दूतावासले कोरोना संक्रमणका कारण खाना र बस्नका लागि समस्यामा परेका धेरै नेपालीहरुलाई विभिन्न संघसंस्थाहरुको सहकार्यमा व्यवस्थापन गरेको राजदूत राजपुतले जानकारी दिए । ‘ यहाँ रहेका नेपालीहरुका लागि दूतावासले नेपाली चिकित्सकबाटनै परामर्श दिने गरी व्यवस्थापन गरेर कोरोनाको भयलाई हटाउने कोसिस गरिका छौं,’ राजदूत राजपुतले भने,’ दीर्घ रोगीहरुका लागि अत्यावश्यक औषधीजन्य सामाग्री उपलब्धसँगै रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वास सम्बन्धी उपचार गर्न साउदी सरकारले व्यवस्था गरेका निकायसँग सम्पर्क स्थापना गर्न कठिन भएकाहरूलाई स्वास्थ्य सम्बन्धी निकायको ध्यानाकर्षण गराई उपचार गर्न मद्दत गरेका छौं ।’

साउदी स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले बताए । उपप्रमुख पौडेलले टेलिफोन सम्पर्कमा आउने नेपाली कोरोनाको संक्रमण भएकाहरुलाई संघसंस्था वा साथीहरूले, उनीहरुलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिन पनि आग्रह गरे ।

दूतावासले मे १४ तारिखबाट ल्याएको अनलाइन विवरण फारम धेरै नेपालीहरुले भर्न नजानेको गुनासो आएको उपप्रमुख पौडेल बताए । पौडेल फारम भर्न सम्पर्कमा रहेका नेपालीहरूलाई मद्दत गर्न विभिन्न संघसंस्था तथा सचेत र समाजसेवी सबैलाई अनुरोध समेत गरे ।

दूतावासले मुसलमानहरुको चाड इदमा हुने भीडभाडलाई मध्यनजर गरेर साउदी सरकारले गर्ने भनिएको लकडाउनलाई सहयोग गर्न पनि अनुरोध गरेको छ ।

हालसम्म रियादबाट २९९, पूर्वक्षेत्र ६९५, कासिम १९ जना अन्य क्षेत्रमा ३ गरी दूतावास रियादले हेर्ने क्षेत्रमा ११६ जना र महावाणिज्यदूतावास जेद्दा (जेद्दा  १७६, मक्का ६५, मदिना ७२, जिजानमा ३३ र ताबुकमा २ जना)मा ३४८ जना संक्रमित भएका छन् ।

थप यो पनि

कोरोना विरुद्ध दूतावासको भिडियो कन्फ्रेस

नेपाली दूतावास साउदीद्वारा परामर्शका लागि चिकित्सक

कुनैपनि बहानामा आवास नछोड्नुस : दूतावास

बिहीबारदेखि अनलाइन फाराम मार्फत विवरण दिनुहोस् : दूतावास

साउदीमा कोरोना: उच्च सतर्कता अपनाउन दूतावासको अपिल

तपाईको प्रतिक्रिया