कोरोनाको कारण लोटस लाल्टिन फेस्टिभल रद्द

दक्षिण कोरिया
फाइल तस्वीर

हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा जोगेजोङले आयोजन गर्ने लोटस लान्टिन फेस्टिबल (विश्व शान्ति पदयात्रा) ‘कोभिट-१९’ कोरोना भाइरसको जोखिमको कारण रद्द गरिएको छ । आयोजकले नेपाल बौद्ध परिवार दक्षिण कोरियालाई पत्रमार्फत जानकारी गरेको छ ।

विश्वको विभिन्न देशका बुद्ध धर्मावलम्बी र कोरियन नागरिक गरी हजारौको सङ्ख्यामा उपस्थित भइ भव्य रूपमा मनाउने यो फेस्टिभल मे २३ तारिख शनिबार गर्ने तयारी भइरहेको थियो । गत हप्ता सउलको इथोवनको एक क्लबबाट कोरोना भाइरस विगत एक महिना यताकै धेरै जनामा फैलिएको थियो । फेस्टिभलको र्यालीका कारण पनि बढ्न सक्ने भएकोले कार्यक्रम रद्द गरिएको उक्त चिठ्ठीमा उल्लेख गरिएको छ ।

यस शान्ति पदयात्रामा कोरिया, नेपाल, म्यानमार, भितनाम, फिल्पिन्स, थाइल्यान्ट लगायतका २० भन्दा बढी देशहरूका लाखौंको संख्यामा सहभागी हुदै आइरहेको थियो ।

यसै कार्यक्रमलाई लक्षित गरी नेपाल बौद्ध परिवारले बौद्ध स्तुपा र लुम्बिनीको रथ निर्माण गरेको थियो ।  बौद्ध परिवारको संयोजकत्वमा कोरियामा रहेका विभिन्न संघ-संस्था र नेपालीहरूको सहयोगमा ८२ लाख ५० हजार वन (लगभग ८ लाख रूपैयाँ)को लागतमा लुम्बिनी मायादेवी मन्दिरको निर्माण भएको परिवारको कोषाध्यक्ष कुसाङ शेर्पाले जानकारी दिए । उनले मन्दिर निर्माणको लागि आर्थिक सहयोग संकलन र खर्चको विवरण पनि सार्वजानिक गरेको छ । ८६ लाख ७८ हजारल वन सहयोग संकलन भएको थियो ।

यता नेपाल बौद्ध परिवारले गत हप्ता बुद्ध जयन्ती मनायो । गत आइतबार सउलमा रहेको संस्थाको कार्यालयमा पूजापाठ र शुभकामना आदानप्रदान गरी मनाएको हो ।

त्यस्तै यही २४ गते आइतबार नागार्जुन गुम्बा जिहेङ र ३१ गते आइतबार सउल नेपाल गुम्बा गाङ्नाम दक्षिण कोरियाले गुम्बामै पूजापाठ र शुभकामना आदानप्रदान गरी मनाउने भएको छ ।

तपाईको प्रतिक्रिया