बाढी र पहिरो बारे छलफल गर्न संसदमा कांग्रेस र राजपाको प्रस्ताव

काठमाडाैं

विगत पाँच दिनदेखिको अविरल वर्षाका कारणा सिर्जित विपद बारे छालपफल गर्न विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा०ले प्रतिनिधिसभामा ‘अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् ।

कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले संसदमा पूर्व निर्धारित कार्यक्रम स्थगित गरी बाढी, पहिरो र डुवानबारे छलफल गर्न माग गरेका हुन् ।

उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने सांसद सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनामा संलग्न गराउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका