धार्मिक एवं पर्यटकीय स्थल सैलुङ (फोटोफिचर)

काठमाडाैं

दोलखा र रामेछाप जिल्लाको संगमस्थल हो, सैलुङ । धार्मीक एवं पर्यटकीय स्थल सैलुङ ३ हजार १ सय ४५ मीटरको उचाइमा अवस्थित छ । सैलुङबाट गौरीशंकर, गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छे्रलगायत हिमायलयहरुका मनोरम दृष्र्यावलोकन गर्न सकिन्छ ।

बर्षातमा हरियाली अनि हिँउदमा हिँउले सेताम्मे देखिने प्राकृतिक दृष्र्यहरुले पर्यटकको मन लोभ्याउने गर्दछन् ।

विहानीपखको सूर्योदयको दृष्र्य अवलोकनले मनै फुरुङ्ग हुन्छ । सैलुङ प्राकृतिक, सांस्कृतिक एवं धार्मिक तीनै दृष्टिले पर्यटकीय गन्तव्यको रूपमा चिनिदै गैरहेको छ । सैलुङलाई नजिकबाट नियाल्न एक पटक अवश्य जाऊँ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका