गजल

काठमाडाैं

ओइ डल्ली ! पोटिला तिम्रा गाला टोकिदिऊँ कि के ?
कपाससरी हलुका त्यो, वदनलाई बोकिदिऊँ कि के ? ।।१।।

कति बोलाएँ तिमीलाई, वास्तै गरिनौ तिमीले मलाई
तिम्रो ध्यान तान्नलाई, एकपल्ट खोकिदिऊँ कि के ? ।।२।।

तिम्रा नशालु आँखाका मादकतामा बानी लाग्यो
धेरै भो नदेखेको, एक शीशी रक्सी धोकिदिऊँ कि के ? ।।३।।

अति नै हेप्यौ मलाई आज, तिमीले कमजोर ठानेर
तिम्रो मेरो सीमारेखामा, किला ठोकिदिऊँ कि के ? ।।४।।

अति नै व्यग्र छु, न्यानो तिम्रो त्यो अँगालोमा बेरिन
तिम्रो मेरो बिबाहको लगन, मैले नै तोकिदिऊँ कि के ? ।।५।।

चाँगुनारायण नपा–२, झौखेल, भक्तपुर ।

यो पनि

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया