कहिलेसम्म भोग्ने हो दाशताको पिडा
स्वाभीमानको पर्दाभित्र वसेर
कहिलेसम्म सहने हो परतन्त्रको घाउ
स्वतन्त्रताको बर्कोभित्र पसेर
कहिलेसम्म गर्ने हो बहादुरीको अपमान
लाचारिको घुम्टो ओडेर
कहिलेसम्म बनाउने हो एकादेशको कथा
वीरताको वीरासतलाई
हो, यतिवेला
वलात लुटिंदैछिन नेपाल आमा
सर्दैछन जङ्गे पिलरहरु
दिन दहाडै सिमावारी
हेर्दा हेर्दै
सिमापारी सरेका छन्
कालापानी, लिपुलेक र लिम्पियाधुरा
शहिद बन्दैछन उनकै सन्तान
देशभक्त गोविन्द गौतमहरु
बलात्कृत भैरहेका छन चेलीहरु
आफ्नै घरभित्र
सिमापारिका यौन पिपासुहरुबाट
बज्रिंदैछन विस्तारबादी बुठहरु
निरीह नेपालीको छातिमाथी
भो अब अति भो
सांध लगाउनै पर्ने भो
खुकुरी, खुंडा र तरवारहरुमा
पुलथ्रो लगाउनै पर्ने भो
एके फोर्टिसेभेन र एस.एल.आरहरुमा
र धावा बोल्नै पर्ने भो
विस्तारवादी किल्लामा
आयो गोर्खाली चस
वीर नेपाली चस
धावा बोल्नै पर्ने भो
दुर्योधन बस्नेत
कवि
35
Shares
तपाईको प्रतिक्रिया
- १. नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्धः मन्त्री पौडेल
- २. एनपिल : विराटनगर किंग्सको विजयी
- ३. सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- ४. बोर्डले सार्वजनिक गर्यो चलचित्र भवनको सूची
- ५. बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
- ६. निर्वाचनपछिको प्रतिक्रियाः मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताको भरोसा