नेपाली बजारमा चिनिया स्याउको माग बढ्दै

सामान्य परिक्षणमा कृषिजन्य सामाग्री आयात हुने

सरस्वती न्याैपाने संवाददाता
रसुवा

चालु आर्थिक वर्ष ०७५/०७६ मा रसुवागढी नाका हुँदै नेपाली बजारमा चिनिया स्याउ धेरै भित्रिने गरेको छ ।

चालु आर्थिक वर्ष साउनदेखि जेठ मसान्तसम्ममा ३ अर्ब १५ करोड ६३ लाख ५१ हजार २ सय मुल्य बराबरको स्याउ आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका वरिष्ठ बाली संरक्षण अधिकृत एवं प्रमुख कुलदिप घिमिरेले जानकारी दिए ।

‘विभिन्न समयमा मनाइने चाडपर्वलाई मध्यनजर राखी स्याउको आयात बढी हुने गर्दछ’ अधिकृत घिमिरेरे भने, ‘यसै नाकाबाट नास्पती, लसुन, प्याज, तयारी मसला, ड्राइ मसरुम, प्याज, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिनटी, गुन्द्रुक र सुकेको वयर आयात हुन्छ ।’

क्वारेन्टिन कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा ११ लाख ४२ हजार ६ सय २९, भदौमा १० लाख ५५ हजार ३ सय ८२, असोजमा ४३ लाख २८ हजार ४ सय ६५, कार्तिकमा ४० लाख २५ हजार ३ सय ३०, मंसिरमा २७ लाख ८९ हजार ८ सय ३, पुसमा २९ लाख ९६ हजार तीन सय ५०, माघ महिनामा २६ लाख ११ हजार ४ सय ३० केजी स्याउ आयात भएको छ ।

यस्तै फागुनमा ४६ लाख ५६ हजार एक सय ७० चैत्रमा ४७ लाख २२ हजार सात सय ९०, वैशाखमा ५६ लाख १५ हजार ६ सय ३४ र जेठमा ५५ लाख ९ हजार १ सय ५७ केजी आयात भएको छ । यस नाकाबाट फलफूललगायत मसला, तरकारी, खाद्यान्न, तेल, बीउ जस्ता कृषि सामाग्री नेपाल भित्रने गर्दछन् ।

रसुवागढी नाका हुँदै आउने कृषिजन्य सामग्रीहरु आवश्यक परे विषादी परिक्षण गर्न सकिने क्वारेन्टिन कार्यालयका प्रमुख घिमिरेले बताए ।

‘यस नाकाबाट आयात भएका कृषिजन्य सामाग्रीहरुको रोग, किरा तथा झारपात आएको हो, होइन परिक्षण चाहीँ आवश्यक पर्दा परिक्षणका लागि पठाउन काठमाडौं सकिने छ ।’ घिमिरेले भने, ‘फाइटोस्यानिटरी सर्टिफिकेट र निरिक्षण केही महिना अघि सुरु भएको हो । कृषिजन्य सामाग्री आयात गर्दा भित्रिन सक्ने किरा र झारपातको सामान्य परिक्षण गरिन्छ । पूर्ण रुपमा यस कार्यालयले विषादी परिक्षण भने गर्दैन ।’

चालु आ.व.को जेठसम्ममा यस नाकाबाट तीन अर्ब ८१ करोड ४७ लाख १८ हजार रुपैयाको कृषि जन्य सामाग्री आयात भएको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका