सिटिजन्स र एक्सिस बैंकबीच सम्झौता


नेपालका सिटिजन्स बैंक र भारतका एक्सिस बैंक लिमिटेडबीच विप्रेषणसम्बन्धी हालै सम्झौता भएको छ ।

एक्सिस बैंकमार्फत भारतबाट नेपालमा पठाएको विप्रेषण रकम सहज रूपमा सिटिजन्स बैंकको नेपालभर रहेका शाखाबाट सहज रूपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

बैंकले यसअघि कतारको दोहा बैंक, यूके कोक्यास्को फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यूएईको अलअहलिया मनी एक्सचेन्जब्यूरो, अलअन्सारी एक्सचेन्ज, एक्सप्रेस मनी सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरी विप्रेषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरू तथा सहायक प्रतिनिधिहरूबाट गर्दै आइरहेको छ ।

यसको अतिरिक्त स्वदेशका विभिन्न विप्रेषण कम्पनीहरूसँग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरूमा रेमिट्यान्टसबाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको पनि जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया