एनआरएनए कोरियाको अधिबेशन सेप्टेम्बरमा

दक्षिण कोरिया

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले सातौं अधिवेशनको लागि सेप्टेम्बर २१ र २२ तारिखको मिति तय गरेको छ ।

आइताबार सउलमा पत्रकार भेटघाट गरी अधिबेशनको मिति घोषणा गरेको हो । भेटघाटमा अध्यक्ष लक्ष्मी लामा, बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ, उपाध्यक्ष अमृत राई, सचिव केशव थापा लगायतले अधिबेशनको मिति सार्वजानिक गर्दै नयाँ सदस्यता दर्ताको लागि जानकारी दिएको थियो ।

अध्यक्ष लक्ष्मी लामाले सातौं अधिवेशन विगतका अधिवेशन भन्दा ऐतिहासिक हुन बताइन् । उनले अधिवेशनमा संघका केन्द्रीय अध्यक्षको उपस्थिति र नेपाल सरकारका बाहालवाला मन्त्रीको आतिथ्यमा हुने बताइन् । अब सदस्यहरुले डिजिटल परिचयपत्र प्राप्त हुने हुदाँ सबैले अनलाइन फारम दर्ता गरी सदस्यता लिनुपर्ने अध्यक्ष लामाले बताइन् । उनले भनिन्, अधिवेशनको चुनावमा विद्युतिय मतादानको लागि फिङ्गरप्रिन्ट चाहिने र घरमै बसी अनलाइनमार्फत फारम भर्न सक्ने बताइन् ।

सचिव केशव थापाले अनलाइनमार्फत मोवाइल तथा कम्प्युटरबाट आफ्नो फारम दर्ता गर्न सकिने बताए । भेटघाट कार्यक्रममा कोरियामा ६ क्षेत्रमा क्षेत्रीय शाखाहरुमा अधिवेशनको तयारी गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका