कोरियाबाट सांसद चौधरीको रिहाइ र लोकसेवा विज्ञापनको खारेजी माग 

दक्षिण कोरिया

सांसद रेशम चौधरीलाई अविलम्ब रिहाइ र विभेदकारी लोकसेवा आयोगको विज्ञापन खारेजीको लागि दक्षिण कोरियामा हस्ताक्षर संकलन थालानी गरेको छ ।

नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाले नेपालमा महासंघले घोषित आन्दोलनलाई समर्थनका लागि हस्ताक्षर संकलन गरेको हो । आइतबार सउलमा पत्रकारसँग भेटघाटमा महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले नेपालमा भइरहेको आन्दोनलाई समर्थन गर्दै हस्ताक्षर संकलन गरी सरकार र दुतावासलाई बुझाउने कार्यक्रम रहेका बताए ।

सांसद चौधरीलाई राजनीतिक तवरबाटै समस्याको समधान तथा अविलम्ब रिहाको माग राखेको छ । त्यस्तै लोक सेवा आयोगले ल्याएको विज्ञापनमा नेपालको संविधानमा उल्लेख रहेको अनुसार समवेशी, समतामुलक समानसपातिक ढंगको नरहेको भन्दै खरेजीको माग राखेको छ ।

महासंघले असार २९ मा मसाल जुलुस र ३० गते सिट्ठी जुलुस निकालिएको थियो । त्यस्तै साउन २ र १० गते नेपाल बन्दको आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका