साउदीमा कोरोना संक्रमित ८३ हजार नाघ्यो

कोरोना निको हुनेको संख्या ५८ हजार ८८३

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी

साउदीमा कोरोना भाइरस (कोभिड–१९) शनिबार १ हजार ६१८ संक्रमित भेटिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८३ हजार ३८४ पुगेको साउदी स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. मोहम्मद अल अब्दुलालीले जानकारी दिए ।

शनिबारको अपडेट अनुसार नयाँ संक्रमित संख्याभन्दा निको हुनेको संख्या २५२ धेरै छन् ।

यहाँ आज १ हजार ८७० जनालाई कोरोना निको भएको र साउदीभर संक्रमित निको हुनेको संख्या ५८ हजार ८८३ पुगेको प्रवक्ता डा. अब्दुलालीले बताए । उनका अनुसार हाल साउदीका विभिन्न अस्पतालहरुमा २४ हजार २१ जनाको विशेष उपचार भइरहेका छन् ।

साउदीमा आजै कोरोना संक्रमित २२ जनाको निधन भएका छन् , भने हालसम्म कुल ४८० जनाको कोरोनाबाट मृत्यु भैसकेको प्रवक्ता डा. अब्दुलालीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार मे १६ मा नयाँ संक्रमित हालसम्मकै उच्च २ हजार ८४० जनामा कोरोना देखिएका थिए । त्यसयता नयाँ संक्रमित दैनिक घटिरहेको र निको हुनेको संख्यामा वृद्धि हुँदै आएको मन्त्रालयको भनाइ छ ।


यहाँ कोरोना इरानबाट फर्किएका साउदी नागरिकमा पहिलोपटक देखिएको थियो । कातिफ शहरमा मार्च २ तारिखमा साउदी भित्रिएको कोरोना हाल मुलुकभर फैलिएको छ ।

कोरोना संकेत देखिएमा साउदी स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने छन् । वी आर अल रेस्पोन्सिब्ल ‘ध्भ बचभ बिि चभकउयलकष्दभि’ भन्ने नारालाई आत्मसात गरी कोभिड(१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तयार गरेको प्रणालीअनुसार कार्य गर्न नेपाली दूतावासले आग्रह गर्दै आएका छन् । दूतावासका अनुसार हालसम्म १ हजार ३६४ जना नेपालीहरु कोरोना संक्रमित भएका छन् ।

त्यस्तै मे २८ मा दमामस्थित अस्पतालले एकजना नेपालीको कोरोना उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेसँगै कोभिड(१९ बाट कुल मृत्यु हुनेको संख्या ८ जना पुगेका छन् । बिहीबार मृत्यु हुने सिराहाका ३९ वर्षीय नेपाली हुसेन अल बिसी कम्पनीमा १५ वर्षदेखि कार्यरत रहेको थियो ।

थप यो पनि

बिहीबारदेखि अनलाइन फाराम मार्फत विवरण दिनुहोस् : दूतावास

नेपाली दूतावासद्वारा परामर्शका लागि थप दुई चिकित्सक

साउदीमा कोरोना संक्रमित घट्दै

साउदीमा कोरोना : निको हुनेको संख्या हालसम्मकै उच्च, नयाँ संक्रमित १६ सय

साउदीमा कोरोना अपडेट: ७० प्रतिशतभन्दा बढी संक्रमित निको, थप एक नेपालीको मृत्यु

तपाईको प्रतिक्रिया