लकडाउन जेठ ३२ सम्म, विमानस्थल असार १३ सम्म लम्ब्यायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कोरोना भाइरसको माहमारीलाई मध्येनजर गरी सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।

पछिल्लो थपिएको लकडाउन जेठ २० गते समाप्त हुँदैछ । कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेका हुन् ।
असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया