धुन्चेमा कङग्युर


धुन्चेमा पाँच वर्षमा मनाइने कङ्ग्युर (त्रिपिटक ग्रन्थ) पुजापाठ सुरु भएको छ ।

टुल्कुछोलिङ गुम्बा धुनको आयोजनामा जेठ २६ गतेबाट सो पुजापाठ सुरु भएको हो ।

असार २ गतेसम्म हुने पुजापाठमा मानव धर्मका लागि अहिंसा र विश्व शान्तिको कामना गरिन्छ ।

यस अवसरमा जेठका २६ तेङ्ग्युर गाउँ परिक्रमा, २८ गते छोक र म्हारमेन (प्रसाद चढाउने र बत्ती बाल्ने), ३१ गते बर्चाे, असार १ गते ह्राप्ने (प्राण प्रतिष्ठा) र २ गते प्रमुख लामाबाट छे वाङ (आयु अभिशेक) गरिनेछ ।

तपाईको प्रतिक्रिया